छुट्टाछुट्टै ठाउँमा आगलागी हुँदा १९ लाख बढीको क्षति
झापा | मंसिर १६, २०८१
तस्बिर फाइल
झापा: जिल्लाका तीन छुट्टाछुट्टै ठाउँमा गए राति आगलागी हुँदा रु १९ लाख ६० हजारभन्दा बढीको क्षति भएको छ ।
दमक नगरपालिका–१ का शिव राईको घरको भुइँतलामा रहेको किराना कस्मेटिक र खाद्यान्न पसलमा विद्युत् सट भई आगलागी हुँदा पसलमा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् । आगलागीबाट १५ लाखभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
गए राति नै झापा गाउँपालिका–७ रमितेटोलका लुखी हस्दाको घरमा विद्युत लाइन सट भई आगलागी हुँदा टिनको छानो र बाँसको टाटीले बनेको तीनकोठे घर र सामान जलेर पूर्ण रूपमा क्षति पुगेको छ ।
उक्त घर नजिकै रहेको ग्वाली कोठामा क्षति पुग्दा रु दुई लाख ५० हजार बढीको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, अर्जुनधारा नगरपालिका–११ सालबारीस्थित भूमिनाथ बराल र अमर राउतले एक बिघा जमिनको धान काटिराखेका कुनिउमा आगलागी भएको छ ।
यसरी अचानक आगलागी हुँदा धान र कुनिउ जल्दा रु दुई लाख १० हजार बराबरको क्षति भएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
प्रनाउ चन्दका अनुसार आगलागी भएका तीनवटै ठाउँको आगो स्थानीय तहका दमकल, स्थानीय मानिस र प्रहरीको सहयोगमा निभाइएको छ । आगलागी सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

